काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ २८ पैसा र बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ३९ पैसा र बिक्री दर १४३ रूपैयाँ दुई पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७२ रूपैयाँ ७ पैसा र बिक्री दर १७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५३ रूपैयाँ १ पैसा र बिक्री दर १५३ रूपैयाँ ६९ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७ पैसा र बिक्री दर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ २३ पैसा र बिक्री दर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ८५ पैसा र बिक्री दर १०१ रूपैयाँ २९ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रूपैयाँ १ पैसा र बिक्री दर ९ रूपैयाँ ५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६२ पैसा र बिक्री दर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २७ पैसा रहेको छ।
त्यस्तै, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ८३ पैसा र बिक्री दर ३६ रूपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ३५ पैसा र बिक्री दर ३० रूपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८