काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धनगढीस्थित होटल रूवसमा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जनाभन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको समेत सहभागिता रहेको थियो।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीद्वारा शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेशबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो।
यसैगरी सो प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए।
समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सिइओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरूप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएसँगै सिइओ क्लबको ७ वटै प्रदेशको कार्यक्रम सकिएको बताए।
सबै प्रदेशबाट यस कार्यक्रममा सहभागी भएका सबै अभिकर्ताहरूलाई धन्यावाद तथा बधाई ज्ञापन गरे।
उनले, अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स-साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्य रहेको बताए।
समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृतज्यूबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८