काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा लगिएको थियो। आज (आइतबार) कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न पाउनुपर्ने माग गरे पनि अदालतले ४ दिनको मात्रै अनुमति दिएको हो। जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार अदालत लगिएको हो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।
उनीविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। लामिछानेलाई काठमाडौँ, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८