काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन्।
राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आज (आईतबार) काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए।
उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उपचारात्मकभन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरूरी रहेको उल्लेख गरे। उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको बताए।
उनले भने, ‘बीमाको कभरेज पनि अस्वस्थकर पेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन। हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन। सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ। रोग लाग्न नदिने प्रक्रिया के हुन् त्यसको बारेमा अध्ययन गर्न एउटा समिति नै बनाएर काम गर्न चाहन्छौँ। स्वास्थ्य संरचनाहरूले त्यसको लागि के गर्नुपर्छ? अध्ययन गरेर काम गर्नसक्ने गरी विषयहरू ल्याउने परिस्थिति निर्माण गर्दैछौँ।’
मन्त्री पौडेलले उपचार प्रक्रिया बढेको तर बिरामीहरू पनि बढेको अवस्था रहेको बताए। उनले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र विस्तार भएको बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८