काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ २१ पैसा र बिक्री दर १३५ रूपैयाँ ८१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ९१ पैसा र बिक्री दर १४३ रूपैयाँ ५४ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रूपैयाँ ३० र बिक्री दर १७३ रूपैयाँ ७ पैसा, स्वीस फ्रयाङ्क एकको खरि दर १५३ रूपैयाँ ८८ पैसा र बिक्री दर १५४ रूपैयाँ ५६ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३९ पैसा र बिक्री दर ८६ रूपैयाँ ७८पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ५० पैसा र बिक्री दर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ७३ पैसा र बिक्री दर १०१ रूपैयाँ १८ पैसा रहेको छ।
त्यस्तै, जापानी येन १० को खरिद दर ९ रूपैयाँ १ पैसा र बिक्री दर ९ रूपैयाँ ५ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ५९ पैसा र बिक्री दर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ९ पैसा र बिक्री दर ३७ रूपैयाँ २५ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९७ पैसा र बिक्री दर ३ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ८१ पैसा र बिक्री दर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ५९ पैसा र बिक्री दर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन १ सयको खरिद दर ९ रूपैयाँ ४९ पैसा र बिक्री दर ९ रूपैयाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ३६ पैसा र बिक्री दर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ३८ पैसा र बिक्री दर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिद दर ४४० रूपैयाँ १४ पैसा र बिक्री दर चार सय ४२ रूपैयाँ ९ पैसा , बहराइन दिनार एकको खरिद दर ३ सय ५८ रूपैयाँ ५५ पैसा र बिक्री दर ३ सय ६० रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८