काठमाडौँ। महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ।
बैंकको आज (सोमबार) बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गर्न जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८