काठमाडौँ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८