काठमाडौँ। नेपाल फाइनान्स लिमिटेडले लगानीकर्ताहरूलाई लाभांश वितरण नगर्ने भएको छ।
मङ्गलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
उक्त बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृति माग गर्ने निर्णय पनि कम्पनीले गरेको छ।
हाल यस कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख ६ हजार रूपैयाँ छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८