काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले निष्कासन गरेको सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ। कम्पनीले प्रति कित्ता सय रूपैयाँका दरले ४ करोड ७५ लाख ४४ हजार ९१५ रूपैयाँको ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर प्रतिकित्ता १०० रूपैयाँका दरले जारी गरेको हो। यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ।
यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यसमा आवेदन दिन सि-आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ।
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रूपैयाँ छ। एफपीओ बाँडफाँडपछि यो रकम ३६ करोड ९९ लाख २३ हजार ५०० रूपैयाँ पुग्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८