काठमाडौँ। बागमती सफाइ महाअभियान शुरू भएको ६०९ हप्तापछि स्थानीय सरकारकै अगुवाइमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन्।
काठमाडौँ महानगरपालिका-८ को नेतृत्वमा भएको सफाइ पशुपति क्षेत्रमा केन्द्रित छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा गरिएको सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको छ।
सफाइमा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगत, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधि र अभियानकर्मी उपस्थित थिए।
२०७० जेठ ५ गते शुरू भएको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा बाग्मती किनारमा हुने गरेको छ। गत बुधबार काठमाडौँ महानगरपालिका–११ मा बागमतीले छुने महानगरपालिकाका १० वडाका वडाध्यक्षको सहभागितामा भएको बैठकले सफाइको जिम्मेवारी वडाले लिने सहमति भएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८