काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ। त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ २५ पैसा र बिक्री दर १३७ रूपैयाँ ८५ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ६२ पैसा र बिक्री दर १४१ रूपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रूपैयाँ ५६ पैसा र बिक्री दर १६८ रूपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १४९ रूपैयाँ ७६ पैसा र बिक्री दर १५० रूपैयाँ ४२ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ३८ पैसा र बिक्री दर ८४ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ १६ पैसा र बिक्री दर ९५ रूपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ७ पैसा र बिक्री दर १०० रूपैयाँ ५१ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७० पैसा र बिक्री दर ८ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७२ पैसा र बिक्री दर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५६ पैसा र बिक्री दर ३६ रूपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ६५ पैसा र बिक्री दर ३७ रूपैयाँ ८१ पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९६ पैसा र बिक्री दर ३ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३७ पैसा र बिक्री दर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ५२ पैसा र बिक्री दर ३० रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ३० पैसा र बिक्री दर ९ रूपैयाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ २३ पैसा र बिक्री दर १२ रूपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रूपैयाँ ८५ पैसा र बिक्री दर १८ रूपैयाँ ९३ रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ६२ पैसा र बिक्री दर १७ रूपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ६१ पैसा र बिक्री दर ४४६ रूपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रूपैयाँ ६ पैसा र बिक्री दर ३६५ रूपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रूपैयाँ ५२ पैसा र बिक्री दर ३ सय ५८ रूपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८