काठमाडौँ। सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबिच विभिन्न विषयमा समन्वय गर्ने सहमति भएको छ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा आपूर्ति सहमति बनेको हो।
सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघसहितका विभिन्न चार वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरू बीच भएको छलफलमा औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा हातेमालो गर्ने सहमति बनेको सिमेन्ट उत्पादक संघले जनाएको छ।
उक्त सहमति बमोजिम सिमेन्ट उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिनेछ।
सो अवसरमा उद्योगहरूमा भई रहेको विधुत आपूर्तिको कटौती र लोडसेडिङ्लाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्न उद्योग मन्त्रालयको तर्फबाट वातावरण बनाउने विषयमा समेत समझदारी बनेको छ।
साथै, सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक अर्काका समस्याहरूलाई मनन् गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्ने समेत सहमति भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८