काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन्। रास्वपा सांसदहरूको अवरोधका बीच सभामुखले बैठक अघि बढाएका हुन्।
सभामुख घिमिरेले दलगत रूपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे। तर रास्वपा सांसदहरू यथास्थानमा उभिरहे। पछि उनीहरू १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए।
बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याइएकाले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको थियो।
रास्वपाका सांसदहरूको निरन्तरको अवरोधपछि पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन्। सभामुखले बैठक अघि बढाउँदै गर्दा पनि रास्वपाका सांसदहरूले भने नाराबाजी गरिरहेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८