काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन परेको छ।
सीडीएसका अनुसार आज (माघ २३ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार ८२५ जनाले १२ लाख ३८ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ५.५० गुणा बढी आवेदन हो।
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले माघ १५ गतेदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता सेयर निष्कासन खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८