काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ।
सहारा चितवन सहकारी ठगीको अभियोगमा आज थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमा पठाइएको हो। बुधबार न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो।
चितवनमा सञ्चालित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रवि लामिछानेसहित १५ जनालाई प्रतिवादी बनाएर मंगलबार मुद्दा दायर भएको थियो। मुद्दा दायर भएपछि लामिछाने बुधबार अदालत उपस्थित भएका थिए।
साहारा चितवन सहकारीबाट ३८ करोड ९ लाख रूपैयाँ ठगी गरेको आरोप छ। जसमा गोरखा मिडियामा मात्र १० करोड ८० लाख १८ हजार १५१ रूपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८