काठमाडौँ। जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र थाइल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ। टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न सवा १२ बजे देखि शुरू हुने छ। यस सिरिज अन्तर्गतको अन्तिम खेल हो।
जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ५ खेलमा चार खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ र उपाधिको प्रबल दाबेदार रहेको छ। त्यस्तै नेपालले भने अहिलेसम्म खेलेका पाँचै खेलमा हार बेहोरेको छ। आज नेपालले थाइल्याण्डलाई पराजित गरेर प्रतियोगितामा सान्त्वना जित हासिल गर्ने लक्ष्यका साथ खेल्ने छ। त्यस्तै नेदरल्याण्डसले आफ्ना ६ खेलमा ४ खेल जितेर ८ अंकसहित दोस्रो स्थानमा रहेको छ।
क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम खेलाएको छ। नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट रहेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८