काठमाडौँ। आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ एसिया अवाडमा” तीन विधामा अवार्ड जित्न सफल भएको छ।
कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड (Best Life Insurance Award), बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड (Best
Strategies for Insurance Spreading) र बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership) गरी तीन विधाको अवार्डमा जित्न सफल भएको छ। यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेका थियो।
यस कार्यक्रमले आई. एम. ई. लाइफ इन्स्योरेन्सको ग्राहक–केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक
नेतृत्वको कदर गरेको छ। नेपाल भित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आई. एम. ई. लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडका प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी भएका थिए। सँगै जिम विचर्डले आफनो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे।
कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल (डी.जी.) आइसिसी, अतन सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लु सि (Global Insurance Leader at PwC) ले विशेष सम्बोधन गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८