काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ।
कम्पनीले आर्थिक बर्ष २०८०/८१ को वित्तीय विवरण बमोजिमको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको २१४औँ बैठकले कम्पनीको आगामी बार्षिक साधरण सभाको लागि तय हुने बुक क्लोज मितिमा कायम सेयरधनीले लाभांश पाउने गरी कुल २१.०५२६४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
आइएमई लाइफको हाल कायम चुक्ता पुँजी ५ अर्ब रूपैयाँको आधारमा २१.०५२६४ प्रतिशत अर्थात १ अर्ब ५ करोड २६ लाख ३२ हजार रूपैयाँ लाभांश वितरण गर्ने बैठकको निर्णय छ। उक्त लाभांश रकम बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको बार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरूले प्राप्त गर्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८