काठमाडौँ। ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंकले सबै प्रदेशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। ग्लोबल मनी वीक २०२५ को नारालाई आत्मसाथ गर्दै, कुमारी बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।
डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, फिनफ्लुएन्सरहरू (वित्तीय प्रभावकारीहरू) को प्रभाव, र एआईको प्रवेशले सर्वसाधारण, विषेशगरी युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य लिएको छ।
कार्यक्रममा, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ। यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा राखेको छ। कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८