काठमाडौँ। आज (बुधबार) सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० सय रूपैयाँले बढेर १ लाख ७३ हजार ५०० रूपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले बढेर १९ सय ९० रूपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ८० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८