काठमाडौँ। सुनसरीको इटहरी स्थित सेन्टर प्लाजामा आगलागी भएको छ। १० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान करिब साढे ९ बजेदेखि आगो लागेको हो।
ती तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ। आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी र सुन्दरहरैचा लगायतका स्थानीय तहबाट गएका दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन्।
आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८