काठमाडौँ। एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआर्ईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ।
चैत १२, २०८१ मा भएको सम्झौतामा एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्स लिमिटेडका निर्देशक बिमल कुमार सावर थियाले हस्ताक्षर गरेका छन्।
यस लगानी साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता अभिवृद्धि गर्न तथा बजार विस्तारलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। नेपालमा स्टील उद्योगको स्तम्भ मानिने लक्ष्मी स्टील्सले यो सहकार्यलाई आफ्नो भविष्यका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
लक्ष्मी स्टील्स लिमिटेड सौरभ ग्रुपअन्तर्गत सन् २००८ मा स्थापना भएको हो। नवलपरासीको सुनवलमा अवस्थित यस उद्योगले टिएमटी रड, ब्लेड तथा रिब्ड तार उत्पादन गर्दै आइरहेको छ। अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय स्टील उत्पादन गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ।
एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट प्राप्त लगानीले लक्ष्मी स्टील्सलाई उत्पादन दक्षता बढाउन, नवीन प्रविधि अपनाउन र बजार विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले जनाएको छ।
एनआर्ईबिएल इक्विटी पार्टनर्सको प्रमुख उद्देश्य आर्थिक वृद्धिमा योगदान पुर्याउने व्यवसायलाई सहयोग पुर्याउनु रहेको छ। यस विषयमा एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले भने, “लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ। यो साझेदारी नेपालको पूर्वाधार विकासलाई बलियो बनाउने दिशामा ठूलो कदम हुनेछ।”
त्यस्तै, लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथियाले भने, “एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको सहकार्यले कम्पनीको क्षमता अभिवृद्धि गर्न, उत्पादन वृद्धि गर्न र नेपालमा स्टील उद्योगको भविष्यलाई थप मजबुत बनाउन मद्दत गर्नेछ।”
यो साझेदारी नेपालका औद्योगिक क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको छ। वित्तीय सहयोग र उत्पादन क्षमताको संयोजन गर्दै, यसले दीर्घकालीन आर्थिक वृद्धिमा योगदान गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८