
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो।
समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समितिले जनाएको छ।
समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको छ। ३१ गतेको सदनमा २३ औँ प्रतिवेदन पेस गर्नेगरी सम्पूर्ण प्रतिवेदन सर्वसम्मतिका साथ पारित भएको समितिले जानकारी दिएको छ।
प्रतिवेदनमा बेरुजु फछ्र्यौंटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू उल्लेख गरिएको छ। समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने तयारी रहेको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८