
काठमाडौँ। हिमालयन क्यापिटल लिमिटेडले देशको एसियन ब्याट्रीज लिमिटेडसँग शेयर सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धि सम्झौता गरेको छ।
असार ३१ गते भएको सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशक कम्पनी एसियन ब्याट्रीज लिमिटेडको तर्फबाट अध्यक्ष सुरेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सन् २०१३ देखि व्यावसायिक उत्पादन प्रारम्भ गरेको एसियन ब्याट्रीज लिमिटेडको उद्योग तथा रजिष्टर्ड कार्यालय मोरङ्ग जिल्ला बुढीगंगा गाँउपालिका-४ मा रहेको छ भने हाल सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ।
कम्पनीको जारी पूँजी रु ६५ करोड रहेकोमा कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात रु. १३ करोड रकम बराबरको १३ लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो।
नेपालको सूचना प्रविधि, कृषि तथा रियल इस्टेट क्षेत्रमा संलग्न प्रभावशाली व्यक्तिहरूद्वारा स्थापना गरिएको एसियन ब्याट्रीज लिमिटेडले छोटो समयमै गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्ने भरपर्दो नेपाली उत्पादकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।
कम्पनीले नेपालमा हाल सवारीसाधन, विधुतीय रिक्सा स्कुटर, मोटरसाइकल तथा सोलारमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ। यस कम्पनीले विभिन्न किसिमको ब्याट्रीहरू प्रसोद्धन गरि लिड, अक्साइड उत्पादन गरी आन्तरिक बजारमा बिक्री वितरण गर्दै आएको छ।
कम्पनीले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन गर्ने र प्रयोग भई सकेको ब्याट्रीको पुन प्रसोद्दन गर्ने साथै नेपालकै सबैभन्दा विश्वासिलो र प्राथमिक पावर सोलुसन ब्रान्ड बन्ने उद्देश्य राखेको छ। यसले ग्राहकलाई गुणस्तरीय, भरपर्दो, वारेन्टीसहितका उत्पादन र छिटो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
कम्पनीको उद्देश्य निकट भविष्यमा नेपालकै सबैभन्दा विश्वासिलो र प्राथमिक पावर सोलुसन ब्रान्ड बन्ने हो। यसले ग्राहकलाई गुणस्तरीय, भरपर्दो, वारेन्टीसहितका उत्पादन र छिटो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
ललितपुरमा रहेको सम्पर्क कार्यालय तथा देशका विभिन्न प्रमुख स्थानहरूमा रहेका १० वटा शाखामार्फत कम्पनीले सेवा तथा उत्पादनको सहज पहुँच सुनिश्चित गरेको छ।
नेपालमै निर्माण भएका एशियन ब्याट्रिजका उत्पादनहरू गुणस्तरमा अब्बल, प्रयोगमा सरल र मूल्यमा सुलभ छन् जसले घरायसी तथा व्यवसायिक दुवै प्रयोगकर्ताका लागि पूँजीगत खर्च र सञ्चालन खर्च घटाउन सहयोग गर्दछ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८