
काठमाडौंँ। आज मंगलबार (साउन १३ गते) विश्व बाघ दिवस मनाइँदैछ।
हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने प्रचलन छ। ‘सहअस्तित्व र आयाआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने मूल नाराका साथ माघ दिवस मनाउन लागिएको हो। यस अवसरमा नेपालका विभिन्न निकुन्ज एवम् पर्सा, चितवन, बर्दिया, बाँकेलगायतका स्थानमा विविध कार्यक्रमहरूको तय गरिएको छ।
विशेषत बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउन लागिएको हो।
नेपालले वि. सं. २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ। नेपाल लगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो।
तर अहिले २०२५ सम्म आँउदा बाघको सङ्ख्या वृद्धि भइ ३ सय ५५ पुगेको छ। यसका लागि स्थानीय सरकारदेखि सरोकारवाला निकायहरूले पनि निकै पहल गरेका छन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८