
काठमाडौँ। नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको अवसरमा आगामी संविधान दिवस तथा राष्ट्रिय दिवस विशेष रुपमा मनाइने भएको छ। यसै अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ।
टेलिकमका अनुसार असोज २ गतेदेखि ४ गतेसम्म लागू हुने सो अफर अन्तर्गत रु. ४९ मा १ दिनको १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेट अन-नेट भ्वाइस सुविधा उपलब्ध हुनेछ।
त्यसैगरी, डाटा प्याकेजमा
रु १११ मा ५ दिनका लागि ६ जीबी,
रु १९९ मा ७ दिनका लागि १३ जीबी,
रु २९९ मा १२ दिनका लागि २० जीबी, र
रु ३९९ मा १५ दिनका लागि ३० जीबी प्याक उपलब्ध हुने जनाएको छ।
यसै अफर अन्तर्गत रु ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ। प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधिसम्म लागू हुने सो प्याकेजमा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा रहनेछ।
पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज खरिद गर्दा मासिक रेन्टल चार्जमै शुल्क समायोजन हुने सुविधा पनि टेलिकमले उपलब्ध गराएको छ। ग्राहकहरूले असोज २ देखि ४ गतेसम्म *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी प्याकेज खरिद गर्न सक्नेछन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८