
काठमाडौँ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।
देशका पहाडी भूभागमा अहिले साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८