
काठमाण्डौँ। हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ।
हिमालयन बैंकको साविक चाबहिल शाखा -२ बालुवाटार शाखा एन एल कम्प्लेक्स काठमाडौँ महानगरपालिका वडा नं. २ बालुवाटरमा स्थानान्तरण भएको छ।
बैंकले बालुवाटार शाखा एन एल कम्प्लेक्स काठमाडौँ महानगरपालिका वडा नं. २ बालुवाटरमा बिहिबारदेखि चाबहिल शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
हाल बैंकले १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८