
काठमाडौँ। सामसङ प्लाजाले भैँसेपाटी, ललितपुरमा आफ्नो १४औँ नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। आज अर्थात असोज ६ गते (सोमबार) एक समारोहबीच सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम र गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा सोरुमको उद्घाटन गरेका हुन्।
नयाँ सोरुममार्फत भैँसेपाटी तथा आसपासका उपभोक्ताले प्रामाणिक सामसङ उत्पादनहरू – नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणसहितका अत्याधुनिक इलेक्ट्रोनिक सामग्री पाउनेछन्।
कम्पनीले यस विस्तारलाई आफ्नो ग्राहकसम्म विश्वस्तरीय प्रविधि र उत्कृष्ट सेवा अझ नजिक पुर्याउने महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।
उद्घाटन अवसरमा सामसङ प्रतिनिधिले भैँसेपाटीमा सोरुम विस्तारले ग्राहक पहुँचलाई सहज बनाउन र प्रविधिलाई हरेक नेपाली माझ पुर्याउन सहयोग गर्ने बताए।
सोरुममा आउने ग्राहकहरूले विशेष उद्घाटन अफर, आधुनिक खरिद वातावरण र तालिम प्राप्त कर्मचारीबाट विशेषज्ञ मार्गदर्शन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८