
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ। नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्रितेल आयात भएको हो।
मेची भन्सार कार्यालयका अनुसार गत आ.व.को सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात् तीन दशमलव ६० प्रतिशतले घटेको छ। यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व शून्य दशमलव ५० प्रतिशत अर्थात् रु ६४ लाख तीन हजारले बढेको कार्यालयले जनाएकाे छ।
कार्यालयको तथ्याङ्कअनुसार गत साउन भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु १ अर्ब ३९ करोड ८६ लाख ३० हजार राजस्व सङ्कलन भएको छ।
उक्त अवधिमा रु १ अर्ब ४२ करोड ७२ लाख मूल्य बराबरको १६ हजार ३५२ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी रु ८४ करोड ४२ लाख मूल्य बराबरको ९ हजार चार किलोलिटर डिजेल आयात भएको छ।
यसैगरी रु ४० करोड ४९ लाख मूल्यबराबरको ४ हजार २३३ मेट्रिक टन एलपी ग्यास, रु १३ करोड २८ लाख मूल्य बराबरको एक हजार ४८८ किलोलिटर एटिएफ र रु २ करोड २२ लाख मूल्य बराबरको दुई सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८