
काठमाडौँ। लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बीच ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविधुत आयोजना लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा निर्माण हुने अर्धजलाशय आयोजना करिब १५ अर्ब रुपैयाँ लागतमा बन्नेछ।
उक्त आयोजना निर्माणका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत अर्थात् १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत लगानी कम्पनीका संस्थापकहरूले गर्नेछन्।
सहवित्तीयकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रूपमा रहेका छन्।
दुधकोशी–२ (जलेश्वर) जलविधुत आयोजनाले असोज ७,२०७७ मा विधुत विकास विभागबाट विधुत उत्पादन अनुमति प्राप्त गरेको र मंसिर ६,२०७८ मा नेपाल विधुत प्राधिकरणसँग विधुत खरिद बिक्री सम्झौता गरिसकेको छ।
आयोजनाका प्रमुख प्रवद्र्धक आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन्।
आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई वार्षिक करिब ४१७ गिगावाट आवर विधुत उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादन हुने विधुत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यस परियोजना सम्पन्न भएपछि नेपालकै ठुला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८