
काठमाडौँ। सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा भएका १९ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्री खरेलका अनुसार, प्रधानमन्त्री कार्यालय मातहत रहेका दुई प्रमुख विभागहरू-राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग—लाई अब अर्थ मन्त्रालयको कार्यक्षेत्रमा ल्याइएको छ। यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय अन्तर्गत राखिने निर्णय पनि गरिएको छ।
त्यस्तै, नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी जनकराज शर्मालाई दिइने मन्त्रिपरिषद्को निर्णय छ। अर्को व्यवस्था नभएसम्मका लागि उनी अध्यक्षको रूपमा काम गर्नेछन्।
त्यस्तै, सहसचिव डा. रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गरिएको छ। अन्य निर्णयहरूमा प्रशासनिक, नीतिगत तथा व्यवस्थापकीय विषय समेटिएको जानकारी मन्त्री खरेलले दिएका छन्।
बैठकमा भएका बाँकी निर्णयहरूको विस्तृतमा हेर्नुस् 

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८