
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डले कानूनभन्दा माथि गएर जलविद्युत आयोजनाको आईपीओ रोक्का गरेको बताएको छ ।
आज अर्थात बुधबार पत्रकार सम्मेलन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले ५० वटा आयोजना कम्पनीको आईपीओ निष्कासनमा सेबोनका कारण ढिलाइ भएको आरोप लगाएका छन् । विगत २८ महिनादेखि जलविद्युत कम्पनीहरूले साधारण सेयर र हकप्रद शेयर जारी गर्न नपाएको उनको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाइ गर्न नहुने बताए पनि नियामक निकायले समयमै शेयर निष्काशनको अनुमति नदिँदा लगानीकर्ताले १ खर्ब ८ अर्ब ५० करोड बराबरको क्षति बेहोर्नुपरेको भन्दै अध्यक्ष कार्कीले बोर्डले स्वीकृत नदिए अर्थ मन्त्रालयमा पत्र पठाउने र अर्थले नटेरे अख्तियारमा उजुरी दिने तयारी रहेको बताए ।
निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने धितोपत्र बोर्डबाट जलविद्युत कम्पनीहरूको धितोपत्र निष्काशन तथा बिक्रीमा भएको ढिलाइले नेपालको ऊर्जा विकास र विस्तारमा गम्भीर असर पर्ने अवस्था सिर्जना भएकाले कसैले नसुने आन्दोलनमा उत्रिने इप्पानले जनाएको छ ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८