
ललितपुर। स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले, निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पको सर्भिस सेन्टर ‘निसान सर्भिस’ ले सातदोबाटो ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ।
आन्दोलनका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप यो हस्तान्तरण कार्यक्रम आयोजना गरिएको निसान सर्भिसको भनाइ छ ।
सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको दृढता र आपसी साझेदारीलाई बढावा दिने विश्वास व्यक्त गरे ।
यस पहलमार्फत निसान सर्भिसले सामाजिक उत्तरदायित्व, सामुदायिक साझेदारी र नेपालको विकास तथा जनकल्याणमा सकारात्मक योगदान दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएकाे छ।
पायोनियर मोटोकर्पले निसानका सम्पूर्ण मोडलहरूका लागि बिक्री, सर्भिस र स्पेयर पार्ट्स सुविधाहरू प्रदान गर्दै आएको छ।
पायनियर मोटो कर्प प्रा. लि. नेपालमा निसानको एकमात्र वितरक हो। कम्पनीले निसानका सम्पूर्ण गाडीहरूको बिक्री, सेवा र स्पेयर पार्ट्स सुविधा प्रदान गर्दै आएको छ। निसान मोटर कम्पनी, लिमिटेड (Nissan Motor Co., Ltd.) जापानमा आधारित बहुराष्ट्रिय अटोमोबाइल निर्माता हो, मुख्यालय निसी-कु, योकोहामा मा अवस्थित छ। थप जानकारीका लागि कम्पनीकाे वेभसाइट https://nissan-nepal.com/ भिजिट गर्न सकिने जनाइएकाे छ ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८