
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेकाे छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा कायम भएकाे छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा रहेकाे छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर २० रुपैयाँ १ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५ पैसा रहेकाे छ ।
त्यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४ रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५ पैसा रहेकाे छ ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८