
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे लाइटिङ’ प्रणालीमा प्राविधिक समस्या आएपछि बन्द भएका हवाई उडान अहिले सञ्चालन भएको छ।
शनिवबार साँझ ५ः३० बजेदेखि धावनमार्ग (रनवे) को ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा समस्या आएपछि बन्द भएका हवाई उडान रातिबाटै नियमित सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।
उनले भने, “रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि हवाई उडान केही घण्टा बन्द भएको थियो। अहिले हामीले वैकल्पिक प्रविधि प्रयोग गरी लाइटिङ प्रणाली सुचारु गरेसँगै बन्द भएका हवाई उडान सुरू भएका छन्।”
बन्द भएका हवाई उडान सञ्चालन भएसँगै नेपाली वायुसेवाका आकाशमा ‘होल्ड’ गरिएका विमान अवतरण गरेका जनाउँदै अन्य डाइभर्ड भएका जहाजहरू पनि आउने क्रम जारी रहेका महाप्रबन्धक पाण्डेले बताए।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८