
काठमाडौँ । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ।
भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते (नोभेम्बर ११ तारेख) का दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएकाे छ । कार्यालयका अनुसार कात्तिक २५ गते ६ः०० बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने छ।
नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पूर्णः रूपमा बन्द भएको जनाइएकाे छ। तर अहिले एकबाट अर्को देशका नागरिकहरु परिचय खुल्ने आधार देखाएपछि पैदल नै आवागमन गराइएको स्थानीयहरू बताउँछन्।
गौरको सीमा क्षेत्र भएर भारतीय नागरिक आफ्नो मताधिकारको प्रयोग गर्नका लागि आधार कार्ड देखाएपछि मात्र भारततर्फ जान दिइएको छ। त्यसैगरी नेपालीहरु भारतबाट स्वदेश फर्किन नागरिकता देखाएपछि सीमा क्षेत्रमा खटिएका एसएसबीले सहज रूपमा आउन दिएको जनाइएकाे छ।
सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८