
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीस्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सो समझदारी अनुसार, सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरी शाखामा खरिद गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन्।
बैंकका अनुसार, यस सहकार्यबाट ग्राहकहरू नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने र डिजिटल माध्यमको प्रयोगलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि समय समयमा यस्ता ग्राहकमैत्री सुविधा ल्याउँदै आएको जनाएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी थप विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध हुनेछ। हालै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले नेपालमै पहिलो पटक फोनपेसँग सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल कार्ड सञ्चालनमा ल्याइसकेको छ।
साथै, फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सुरू गरेको र मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन सेवा उपलब्ध गराउने सुविधा पनि प्रारम्भ गरेको छ।
बैंकले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ४८ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८