
काठमाडौँ / रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरू भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशन आजदेखि पुनः नियमित रूपमा साताको ४ पटक हवाई उडान सुरू भएको जानकारी दिएकाे छ ।
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत ५ महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरू गरिएको जनाइएकाे छ ।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा ४ पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि रु ७ हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु ७ हजार ३०० भाडादर निर्धारण गरेको छ ।
रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८