
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेकाे छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा रहेकाे छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा रहेकाे छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा रहेकाे छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ रहेकाे छ।
त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४ रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५ पैसा र बिक्रीदर १५ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २ पैसा र बिक्रीदर २२ रुपैयाँ ११ पैसा रहेकाे छ।
बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बै्कले जनाएकाे छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८