
काठमाडौँ। राष्ट्रिय सहकारी बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभा आगामी मङ्सिर ६ गते शनिबार हुने भएको छ। बैंकको असोज २७ गते (सोमबार) सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो।
बैंकको २२औं वार्षिक साधारण सभा अन्तर्गत मङ्सिर ६ गते ७ वटै प्रदेशमा एकाइ सभा र १३ गते एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा गर्ने निर्णय भएको बैंकले जनाएकाे छ। एकाइगत रूपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुनेछ।
भर्चुअल र भौतिक रूपमा सम्पन्न गरिने साधारण सभाको उद्घाटन सत्र संयुक्त रूपमा र छलफल सत्र प्रदेशगत रूपमा सम्पन्न गरिने जनाइएकाे छ। सात वटै प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकको निर्णयहरू प्रमाणित गर्ने सभा मङ्सिर १३ गते काठमाडौँमा हुनेछ।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, आ.ब. २०८२/८३ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुनेछ। सभामा बैंकको विनियम संशोधन, सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन आगामी पौष मसान्त भित्र सम्पन्न गर्ने गरी मिति तय गर्ने र कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित विभिन्न कार्यसूचीहरूका विषयमा छलफल एवम् निर्णय हुने बैंकले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८