
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको छ ।
गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र ३ घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार विद्युत् सर्ट हुँदा आगलागी भएको र राति नै मानवीयलगायतको उद्धार गरिएकाे थियो, बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको प्रहरी जनाएको छ ।
यसैगरी आगलागी भएको ठाउँबाट ७ जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८