अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बार्कले
क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमणमा आएँ: आइसिसीअध्यक्ष ग्रेग बार्कले
Today Dainik
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताएका छन्। आज (सोमबार) भारतको नयाँ दिल्लीबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसँगको कुराकानीका क्रममा नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको पनि बताए। तीन दिने भ्रमणका क्रममा उनले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्ने जानकारी दिए। उनले कीर्तिपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको






























































