#अपर हेवा खोला#हाइड्रोपावर#सधारणसभा स्थगित
अपर हेवाखोला हाइड्रोपावर लिमिटेडको साधारणसभा स्थगित
Today Dainik
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले चैत १६ गतेलाई बोलाएको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो। स्थगित भएको सभा अब कहिले गर्ने भनेर अहिले नै सार्वजनिक गरिएको भने छैन। यसअघि सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको थियो। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहनेछ।






























































