#आरम्भ चौतारी लघुवित्त #साधारणसभा
आरम्भ चौतारी लघुवित्तले चैत ३० मा बोलायो साधारणसभा, सेयरधनीलाई लाभांश नदिने
Today Dainik

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो। सभा बनेपा पार्टी भेन्यु, बनेपा-८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ। यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली