आवासीय कर्जा
बढ्न थाल्यो आवासीय घर कर्जा
Today Dainik

काठमाडौं। पछिल्लो वर्षमा अवासीय कर्जा बढ्न थालेको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत आवासीय घर कर्जा पछिल्लो समय उल्लेख्य रुपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा दिएका छन्। यो गत आ.व. को माघ मसान्तसम्मको तुलनामा भने ३ दशमलव ५३ गुणा बढी हो। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो कर्जा गत आ.व.को सोही अवधिको तुलनामा २५३ दशमलव ४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सात महिनामा बैंकको ९ अर्ब २०