#इनड्राइभ नेपाल
इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेनका विजेता घोषणा
Today Dainik
काठमाडौँ । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आफ्नो’राइड मोर, विन मोर’ अभियानका विजेताहरूको घोषणा गरेको छ। यो अभियान नियमित प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्न सञ्चालन गरिएको थियो, जसमा सहभागीहरूले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर पाएका थिए। क्याम्पेनमा काठमाडौँका अत्यधिक प्रयोगकर्ताहरू सक्रिय रूपमा सहभागी भए। इनड्राइभमार्फत कम्तिमा ३ राइड पूरा गर्ने यात्रुहरू स्वचालित रूपमा लक्की ड्रमा प्रवेश गरेका थिए, जसले उनीहरूलाई विशेष पुरस्कार जित्ने अवसर प्रदान गरेको थियो। मुख्य पुरस्कारमा १० जना भाग्यशाली विजेताले ब्रान्ड-न्यू याडिया ई८एस प्रो (Yadea E8S PRO) इलेक्ट्रिक स्कुटर जितेका छन् भने ३०






























































