#इन्ड्राइभ# ब्राण्ड एम्बेस्डर# स्वस्तिमा खड्का
इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नायिका स्वस्तिमा खड्का नियुक्त
Today Dainik
काठमाडौँ। इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नायिका स्वस्तिमा खड्का नियुक्त भएकी छिन् । राजधानीमा आयोजित कार्यक्रममा इन्ड्राइभले खड्कालाई व्यापारिक विज्ञापनका लागि ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । इन्ड्राइभ नेपालीहरूको यातायातको साधनका लागि सजिलो र भरपद्रो माध्यमको रूपमा प्रयोग हुँदै गइरहेको छ । यससँगै कम्पनीले ‘तपाईंको यात्रा तपाईंको रोजाइबाट सुरू हुन्छ’ नामक नयाँ ३६० क्याम्पेन सार्वजनिक गरेको छ । यो अभियानले इनड्राइभको अद्वितीय ‘पियर-टु-पियर’ मोडेललाई केन्द्रमा राख्ने जनाएको छ। जसले यात्रु र चालक दुवैलाई भाडा प्रस्ताव गर्न र आपसी सहमतिमा सम्झौता गर्न सहज बनाउने छ। यो क्याम्पेन डिजिटलदेखि सडकसम्म विभिन्न माध्यमबाट सञ्चालन गरिनेछ।






























































