#इप्पान #आईपीओ रोक्का
आईपीओ निष्कासन खुला नगरे आन्दोलनमा उत्रिने इप्पानको चेतावनी
Today Dainik
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डले कानूनभन्दा माथि गएर जलविद्युत आयोजनाको आईपीओ रोक्का गरेको बताएको छ । आज अर्थात बुधबार पत्रकार सम्मेलन गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले ५० वटा आयोजना कम्पनीको आईपीओ निष्कासनमा सेबोनका कारण ढिलाइ भएको आरोप लगाएका छन् । विगत २८ महिनादेखि जलविद्युत कम्पनीहरूले साधारण सेयर र हकप्रद शेयर जारी गर्न नपाएको उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाइ गर्न नहुने बताए पनि नियामक निकायले समयमै शेयर निष्काशनको अनुमति नदिँदा लगानीकर्ताले १ खर्ब ८ अर्ब ५०






























































