# एसइई परीक्षा
एसइईको सबै तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र तोकियो
Today Dainik
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गते शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र तोकिएको छ। एसइई परीक्षा आउँदो चैत १५ गते शुरु भई २७ गते सकिने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यसवर्ष देशभरि करिब ५ लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन्। यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए। परीक्षाका लागि बोर्डले ५ लाख प्रश्नपत्र






























































